माल्दिभ्ससँग नेपाल एक गोलले पछाडि

खेलकुद मुख्य समाचार

काठमाडौँ, २७ भदौ, बङ्गलादेशको ढाकास्थित बङ्गबन्धु रङ्गशालामा जारी साफ च्याम्प्यिनसिपको सेमिफाइनल खेलमा नेपाल १–० ले पछाडि परेको छ । पहिलो हाफको खेल सकिँदासम्म नेपाल १–० गोलले पछाडि परेको हो । नवौँ मिनेटमा माल्दिभ्सका कप्तान अक्रम अब्दुल घातीले पेनाल्टी बक्सको केही बाहिर पाएको फ्री किकलाई गोलमा परिणत गरेर माल्दिभ्सलाई अग्रता दिलाएका थिए ।

नेपाली टोली आज खेलको शुरुवातबाटै लयमा देखिएन । लगातारको वर्षाले मैदान चिप्लो हुँदा नेपाली टोलीको कुनै पनि उत्कृष्ट प्रहार गर्न सकेन । खेल शुरु भएको २८औँ मिनेटमा हावाहुरीसँगै भारी वर्षा भएपछि आधा घण्टा खेल रोकिएको थियो ।(रासस)

Loading...