वन जोगाउन ग्यास सिलिण्डर वितरण

मुख्य समाचार समाज

कृष्ण न्यौपाने, दमौली, २७ भदौ, तनहुँको बन्दीपुर गाउँपालिका–२ स्थित सिद्धथान सामुदायिक वन उपभोक्ता समूहले वन जोगाउन प्रेरणा दिँदै वनका उपभोक्तालाई ग्यास सिलिण्डर वितरण गरेको छ । एक वर्षमा प्रत्येक घरधुरीले बाल्ने दाउराको लागतभन्दा ग्यास नै सस्तो पर्न जाने भएकाले सिलिण्डर वितरण गरिएको सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दयमन्ती थापाले बताउनुभयो ।

सोहीबमोजिम सामुदायिक वनले आफ्ना १४० धरधुरीलाई ग्यास चुलो वितरण गरेको अध्यक्ष थापाले जानकारी दिनुभयो । उहाँले वनको आम्दानीबाट प्रत्येक घरधुरीलाई एक÷एकवटा ग्यास चुलो वितरण गरिएको बताउनुभयो ।

सामुदायिक वनका उपभोक्ताले वार्षिक १५ देखि ३० भारी दाउरा खपत गर्ने गर्छन् । ‘‘खाना पकाउन बर्सेनि वनमा ठूलो सङ्ख्यामा रुख काट्नुपर्ने बाध्यता छ,’ उहाँले भन्नुभयो, ‘‘यसरी बर्सेनि रुख काट्दा वन नै सकिने अवस्था आएपछि ग्यास चुलो वितरण गरेका हौँ ।’’

Loading...