तपाईंको आजको राशिफल

आजको राशिफल मुख्य समाचार

आज मिति २०७५ भदौ २७ गते बुधबार, भाद्र शुक्लपक्ष तृतीया तिथि तदनुसार सन् २०१८ को सेप्टेम्बर १२ तारिख अनुसार तपाईंको आजको राशिफल यसप्रकार रहेको छः

मेषः
नयाँ व्यवसाय सुरु हुनाले मन उत्साहित हुनेछ । सानो प्रयासले पनि ठूला–ठूला काम बन्नेछन् । धार्मिक आस्था र विश्वासमा वृद्धि हुनेछ । यात्राको अवसर प्राप्त होला ।

वृषः
मिष्ठान्न भोजन प्राप्ति हुनेछ । अध्ययन, अध्यापनमा सफलता मिल्नेछ । काममा सफलता मिल्नेछ । व्यावसायिक क्षेत्रमा लाभ प्राप्त हुनेछ । मन प्रशन्न हुनेछ ।

मिथुनः
तपाईंकोलागि आजको दिन त्यति लाभदायक नरहला । व्यापार व्यवसायबाट घाटा हुनेछ । प्रेममा अवरोध हुनेछ । स्वास्थ्यमा समस्या देखिन सक्छ सचेत रहनु होला ।

कर्कटः
दिन फलदायी रहेको छ । ठूला काम पनि सहजै सम्पन्न हुनेछन् । प्रेममा समझदारी बढ्नेछ । अरुको सजिलै विश्वास जित्न सकिनेछ । धार्मिक यात्रा हुनेछ ।

सिंहः
बहुमूल्य सामान उपहारस्वरुप प्राप्त हुनेछ । स्वास्थ्य समस्याले सताउने छ । खानपानमा विशेष ध्यान दिनु होला । अध्ययनमा रुची घट्ने छ ।

कन्याः
प्रियजनको साथ मिल्नेछ । वैदेशिक यात्राको अवसर मिल्नेछ । आफन्तकै अवरोधले काम सम्पन्न गर्न मुस्किल पर्नेछ । सञ्चित धनको सदुपयोग तर्फ ध्यान दिनु होला ।

तुलाः
दिन उपयुक्त रहेको छ । सञ्चित धनमा वृद्धि हुनेछ । पराक्रम बढ्नेछ । प्रियजनको साथ र सहयोगले मन प्रसन्न रहनेछ । मिष्ठान्न भोजन प्राप्त हुनेछ । स्वास्थ्यमा भने ध्यान दिनु होला ।

वृश्चिकः
आकस्मिक धनलाभ हुनेछ । शत्रु परास्त हुनेछन् । नयाँ रोजगारीको अवसर प्राप्त हुनेछ । आफन्त तथा मित्रको सहयोगको कारण काम बन्ने छ ।

धनुः
तपाईंको विचारको कारण ठूला व्यक्ति प्रभावित बन्ने छन् । अध्ययनमा रुचि बढ्नेछ । मान–सम्मान प्राप्त होला । भेटघाट र रमाइलोमा दिन बित्नेछ ।

मकरः
रोजगारीमा पदोन्नतीको सम्भावना छ । अधुरा काम पुरा हुनेछन् । मन प्रसन्न रहनेछ । आकस्मिक धनलाभ हुनेछ । रोकिएका काम पुरा हुनेछन् ।

कुम्भः
नयाँ कामको सुरुवात हुनेछ । आफन्त तथा साथीभाइको सहयोग मिल्नेछ । सन्तान सुख प्राप्त होला । पराक्रम बढ्नेछ । दिन नाचगान र रमाइलोमा बित्ने छ ।

मीनः
व्यवसायबाट प्रगति हुनेछ । अध्ययन, अध्यापनमा लाभ हुनेछ । साथीभाइसँग भेटघाट हुनेछ । सोचेका कुरा पुरा हुँदा मन हर्षित बन्नेछ ।

Loading...