तपाईंको आजको राशिफल हेर्नुहोस्

आजको राशिफल मुख्य समाचार

आज मिति २०७५ भदौ २५ गते सोमबार, सन् २०१८ को सेप्टेम्बर १० तारिख अनुसार तपाईंको आजको राशिफल हेर्नुहोस्ः

मेषः
आकस्मिक धनलाभ हुनेछ । अध्ययनमा रुची बढ्ने छ । ठूला व्यक्तिको सहयोगले काम बन्ने छ । यात्रा व्यावसायिक उपलब्धिपूर्ण यात्रा हुनेछ । स्वास्थ्यमा सामान्य समस्या आउने छ ।

वृषः
बनिसकेको काम बिग्रनाले मनमा नैराश्यता छाउने छ । आफन्तजनको असहयोग हुनेछ । स्वास्थ्यमा समस्या देखिने छ । शैक्षिक क्षेत्रबाट भने केही लाभ मिल्नेछ ।

मिथुनः
आत्मविश्वास बढ्नाले काम गर्ने जाँगर आउने छ । धार्मिक कार्यमा रुची बढ्ने छ । बोलीको कारण पति–पत्नीमा मनमोटाव हुने देखिएको छ ।

कर्कटः
प्रियजनको सहयोग मिल्नेछ । सामाजिक प्रतिष्ठा बढ्नेछ । नयाँ व्यवसायको सुरुवात हुनेछ । वैदेशिक यात्राको पनि अवसर प्राप्त हुनेछ । निर्णय क्षमता बढ्नेछ ।

सिंहः

अध्ययन, अध्यापनमा सफलता मिल्नेछ । आफन्तको सहयोग प्राप्त हुनेछ । प्रेममा सफलता हात लाग्नेछ । भ्रमणको अवसर मिल्ला । स्वास्थ्यमा भने ख्याल गर्नु होला ।

कन्याः

अध्ययनमा रुची घट्नेछ । व्यवसायमा अवरोध आउने छ । कुनै पनि निर्णय गर्दा पटक पटक सोचेर मात्रै गर्नु होला । स्वास्थ्यका कारण धन खर्च हुन सक्छ ।

तुलाः
प्रिजयनसँग भेट हुनेछ । बोलीले अरुको मन जित्न सकिनेछ । व्यापारमा सफलता मिल्नेछ । अध्ययनमा खासै रुची लाग्ने छैन । खानपानमा ध्यान दिनु होला ।

वृश्चिकः
आफन्तको सहयोगले ठूला काम पनि सजिलै पुरा हुनेछन् । सामाजिक सेवाप्रति मन जानेछ । पराक्रम बढ्ने छ । शत्रु परास्त हुनेछन् । वैदेशिक यात्राको अवसर आउने छ ।

धनुः
वैदेशिक कारोबारबाट लाभ मिल्नेछ । साथीभाइको सहयोग प्राप्त हुन्छ । आज गरेको निर्णय दीघकालिन फाइदाको हुनेछ । प्रेममा सफलता मिल्नेछ ।

मकरः
अचल सम्पत्ति जोड्ने अवसर छ समयमै निर्णय लिनु होला । धार्मिक यात्रा हुनेछ । रोजगारीको नयाँ अवसर प्राप्त हुनेछ । पेटको समस्या भने बढ्ने छ ।

कुम्भः
प्रेम सम्बन्ध सुमधुर रहनेछ । मित्रजनको सहयोग मिल्नेछ । रोजगारीमा पदोन्नतीको सम्भावना छ । आत्मविश्वास बढ्नाले ठूला काम सजिलै सम्पन्न हुनेछन् ।

मिनः
धन सञ्चित गर्न तर्फ ध्यान दिनु होला, पछिलाई काम लाग्छ । नयाँ व्यवसायबाट लाभ हुनेछ । यात्राको अवसर मिल्नेछ । सामाजिक प्रतिष्ठा बढेर जानेछ ।

Loading...