मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु

मुख्य समाचार समाज

चितवन, २४ भदौ  भरतपुर महानगरपालिका–६ पुल्लरमा आज मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ ।  मृत्यु हुनेमा भरतपुर महानगरपालिका– १४ निवासी ६५ वर्षीया पार्वती न्यौपाने हुनुहुन्छ ।

 

जिल्ला प्रहरी कार्यालयका अनुसार जगतपुरबाट गीतानगरतर्फ आउँदै गरेको ना ५० प ३३११ नं को मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते न्यौपानेको उपचारका लागि भरतपुरतर्फ ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको हो ।सामान्य घाइते भएका चालकको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ । (रासस)