उत्तर कोरियाको ७०औं वार्षिकोत्सव (फोटोफिचर)

फोटो फिचर मुख्य समाचार विषेश समाचार

प्योङयाङ, २४ भदौ, उत्तर कोरिया स्थापनाको ७०औं वार्षिकोत्सव समारोह आइतबार राजधानी प्योङयाङमा भब्यताका साथ मनाइएको छ । सैनिक नाचगान, सैन्य कला प्रदर्शन, ट्याङ्क र तोपसहित हजारौं सैनिकले मार्चपास गरेका छन् ।

उत्तर कोरियाली नेता कीम जोङ उनले चीनसँगको मित्रता बलियो रहेको जनाउन चिनीया राष्ट्रपतिका कूटनीतिक प्रतिनिधिले समेत नेता कीमसँगै मार्चपास गर्ने सैनिकले चढाएको सलामी ग्रहण गरेका थिए ।

एक्काइस तोपको सलामी पश्चात् कीम जोङ उन स्क्वाएर छिचोल्दै दर्जनौं सैनिक टुकडीले मार्चपास गरेको थियो । सैनिकहरुमध्ये केहीले नाइट–भिजन चश्मा लगाएका थिए भने केहीले रकेटयुक्त ग्रिनेड लन्चर बोकेका थिए । यी आधुनिक हतियार सहितको मार्चपासलाई नेता कीम सहितका विशिष्ट व्यक्तिले रोष्ट्रमबाट अवलोकन गरेका थिए ।

नेता कीमसँगै चिनिया प्रतिनिधि एवं चिनीया कम्युनिष्ट पार्टीका पोलिटब्यूरो स्थायी समितिका सदस्य ली चाङ्सु रहेका थिए । उनीहरु दुबैबीच समयसमयमा कुराकानी भएको देखिन्थ्यो ।

मार्चपासमा सैनिक बाहन, रकेट लन्चर्स र ट्याङ्कहरुको लाइन अघि बढेको थियो । आकाशमा सैनिक बिमानले आतिसबाजी देखाएका थिए । अन्त्यमा, क्षेप्यास्त्रहरु देखाइएको थियो । त्यहाँ जहाज विध्वंसक क्रुज क्षेप्यास्त्र जडित कुम्सोङ–३ र जमिनबाट हावामा मार हान्ने पोन्गे–५ देखाइएको थियो ।

सैनिक मार्चपास सकिएलगत्तै हजारौं नागरिकले कोरिया एकीकरणको आग्रह गरिएका प्लेकार्ड सहित रंगीबिरङ्गी पहिरनमा प्रस्तुतीकरण गरेका थिए ।

अप्रिलमा कीमले उत्तर कोरियाको आणविक विकासको काम समाप्त भएको घोषणा गरेका थिए । उनले समाजवादी आर्थिक विकासमा ध्यान दिइने जानकारी पनि दिएका थिए ।

दोस्रो विश्वयुद्ध समाप्त हुनैलाग्दा कोरियाली द्वीपलाई विभाजन गरी ७० वर्षअघि रुस र अमेरिकाले सेप्टेम्बर ९, १९४८ मा प्रजातान्त्रिक जनगणतन्त्र कोरिया (उत्तर कोरिया) स्थापना भएको घोषणा गरेका थिए ।

 

 

 

 

 

Loading...