आजको राशिफल

आजको राशिफल मुख्य समाचार विषेश समाचार

आज मिति २०७५ साल भदौ २३ गते शनिबार, सन् २०१८ को सेप्टेम्बर ८ तारिख अनुसार तपाईंको आजको राशिफल हेर्नुहोस् :
मेषः
तपाईंकोलागि आजको दिन राम्रो रहेको छ । यात्राको अवसर मिल्ला । शत्रु कमजोर हुनेछन् । आँटेको काम पुरा हुनेछ । सामाजिक प्रतिष्ठा उँचो बन्ने छ ।

वृषः
व्यापारमा मन्दी छाउनेछ । धर्मप्रति आस्था र लगाव घट्ने छ । बनिसकेको काम बिग्रने हुँदा सावधान रहनु होला । चोटपटकको सम्भावना रहेको छ ।

मिथुनः
बोलीको कारण आलोचित बन्नु पर्ला । आर्थिक भार पर्नेछ । व्यापार घाटामा जानेछ । दिन अलस्य बन्नेछ । अध्ययन अध्यापनमा बाधा उत्पन्न हुनेछ ।

कर्कटः
आकस्मिक लाभ हुनाले मन प्रफुल्ल रहनेछ । प्रियजनको साथ र सहयोगले नयाँ व्यवसाय सुरु हुनेछ । अध्ययनमा सफलता मिल्नेछ । रोजगारीको नयाँ अवसर प्राप्त होला ।

सिंहः
दिन उत्तम रहेको छ । प्रेममा सफलता प्राप्त हुनेछ । वैदेशिक यात्राको अवसर मिल्नेछ । मानसम्मान प्राप्त हुनेछ । आर्थिक लाभ हुनेछ । यात्राबाट काम बन्ने छ ।

कन्याः
आफन्तहरु नै बैरी बनेर आउनेछन् । नियमित हुने काममा अवरोध आउने छ । आँटेको काम पुरा नहुँदा मन खिन्न हुनेछ तर आँट भने कायमै रहनेछ । प्रियजनको साथ भने निरन्तर रहनेछ ।

तुलाः
स्वास्थ्यमा समस्या देखिने छ । आफन्तसँग भेटघाट हुनेछ । अध्ययन र अध्यापनमा भने रुची घटेर जानेछ । व्यापार पनि कमजोर बन्ने छ ।

वृश्चिकः
व्यवसायबाट लाभ मिल्नेछ । तपाईंको वौद्धिक स्तरको सर्वत्र प्रशंसा हुनेछ । मित्रहरुको साथ र सहयोग कायम रहनेछ । स्वास्थ्यमा भने समस्या आउनेछ ।

धनुः
प्रेममा सफलता मिल्नेछ । तपाईंको विचारबाट ठूला व्यक्ति पनि प्रभावित बन्ने छन् । आत्मबल बढेको अनुभूति हुनेछ । विलासिताका सामान खरिद गरिनेछ ।

मकरः
घरजग्गा जोड्ने अवसर मिल्नेछ । तपाईंको कामको प्रशंसा हुनेछ । घरायसी समस्या समाधान हुँदै जानेछन् । आफन्त तथा साथीभाइसँग भेटघाटमा दिन बित्ने छ ।

कुम्भः
आत्मविश्वास बढ्नेछ । आफ्नै पराक्रमले नयाा कामको थालनी हुनेछ । रोजगारीको अवसर मिल्नेछ । अधुरा काम सम्पन्न हुनेछन् । खानपानमा भने विशेष सावधान रहनु होला ।

मीनः
भाग्यको साथ तपाईंको हात हुनेछ । सोचेका काम पुरा हुनेछन् । शत्रु कमजोर बन्ने छन् । गरेको कामबाट मनग्य आम्दानी हुनेछ । यात्राको अवसर मिल्नेछ ।

Loading...