गजल – विष्णु थापा ‘बिछोड’

साहित्य

                गजल

बज्ने जति चिज सबै, बाजा हुँदैन रे
पिर, व्यथा, कुरा सबै, साझा हुँदैन रे !

उस्को रुप हेरि हेरि, लठ्ठ पर्छन् कति
लठ्याउने बस्तु सबै, गाँजा हुँदैन रे ।

जोवन राम्रो देखेर, लोभ गर्छन् कति
झरी जाने फूल सबै, ताजा हुँदैन रे !

चौरासी व्यन्जन मिठो, मन खुसी भए
खान मन लाग्ने सबै, खाजा हुँदैन रे !

गोरेटोले भेट भन्यो, दोबाटो छ स्वार्थी
मन पर्ने मान्छे सबै, राजा हुँदैन रे !

Loading...