काठमाडौँमा परम्परागत चिनिया कला प्रस्तुती

कला/संस्कृति मुख्य समाचार विषेश समाचार

डिल्लीरमण सुवेदी, काठमाडौँ, २० भदौ, चाइना कल्चर सेन्टर नेपालले काठमाडौँमा ‘फ्लावर अफ सिल्क रोड’ (रेशमी मार्गका फूलहरू) नामक चिनिया सांस्कृतिक कला प्र्रस्तुतिकरण कार्यक्रम आयोजना गरेको छ । बुधबार राजधानीको याक एण्ड यति होटलमा सेन्टरले चिनिया प्राचीन कला र संस्कृतिसहितको सांगीतिक कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा चीनबाट आएका कलाकारहरुले परम्परागत चिनिया कलाको प्रस्तुतिकरण दिएका थिए । यस क्रममा ‘टाउकोमा भाडा ब्यालेन्स गर्ने कला’ प्रस्तुत गरिएको थियो । यसलाई याङ लीन र याङ चिआनले विभिन्न भाडाहरुलाई टाउकोमा अड्याएर आफ्नो कला प्रस्तुत गरेका थिए ।

अर्की कलाकार लिउ यानयानले चिनिया परम्परागत तार बाजा ‘कुचोङ’ लाई निक्कै मिठासपूर्ण तबरले प्रस्तुत गरेकि थिइन् । उनको बाजाको मिठासपूर्ण धुन र कलालाई दर्शकले गडगडाहट तालीले स्वागत गरेका थिए । यसैगरी लिउ र लिउ यिनले ‘कुचोङ’ र बासुरीको मिठो धुन पनि सुनाएका थिए ।

अर्को प्रस्तुतीमा कलाकार ल्यु यिशाले पेकिङ ओपेरा सुनाएका थिए । यो प्राचीन चिनिया ओपेराको एक रुप हो ।

यता चाङ फङले पुरानो पेकिङ ओपेराको नाटकीय प्रस्तुती दिएका थिए । यो ओपेरालाई छु र हानको युद्धको संकेतको रुपमा लिइन्छ ।
कलाकार लिउ लुलु र लिउ यानयानले ‘साओलिन एट सेक्सन ब्रोकेड’ नामक प्रस्तुती दिएका थिए । यो एक प्रकारको शारीरिक अभ्यासको कला हो । उनीहरुले ‘डबल साउथ बक्सिङ’ कला पनि देखिएका थिए ।

अर्का कलाकार चङ हाओले बासुरी र मुरलीको सोलो प्रस्तुती दिएका थिए । चिनिया परम्परागत संगीतमा बासुरी र मुरली पनि प्रमुख बाजाको रुपमा रहेका छन् ।

कलाकार लिउ यानयानले निक्कै आकर्षक नृत्य प्रस्तुत गरेकी थिइन् । ‘डिप नाइट’ नाम दिइएको सो नृत्यमा कलाकार लिउले रंगीबिरंगी कपडालाई कलात्मक रुपले हल्लाएर प्रदर्शन गरेकि थिइन् । उनको नृत्यमा दर्शकले खुब मनोरञ्जन लिएका थिए ।

कलाकारहरु याङ लिन र याङ चिआनले शरीरलाई ब्यालेन्स गर्ने कला प्रस्तुत गरेका थिए । यसमा ब्यालेन्स कलामात्रै नभएर शारीरिक सुन्दरताको पनि प्रस्तुत गरिएको थियो । यसैगरी अन्य कलाकारहरुले पनि प्राचीन चिनिया गीत तथा कला र बाजाको प्रस्तुती दिएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि नेपालका लागि चिनिया राजदूत यु होङले कार्यक्रमको शुभकामना दिँदै यस्ता कलात्मक प्रस्तुतीले चीन र नेपालबीचको सम्बन्धलाई मजबुत पार्न सहयोग गर्ने बताइन् । उनले पछिल्लो समय चीन र नेपालका कला तथा संस्कृति साटफेरले महत्व पाइरहेको र यसलाई निरन्तरता दिनु पर्ने बताइन् ।

पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सहसचिव भरतमणि सुवेदीले चिनिया संसकृतिको नियारीकालागि नेपालमा रहेका विभिन्न संघ संस्थाहरुले महतवपूर्ण भूमिका खेल्दै आएको बताए ।

*सम्पादित

Loading...