कस्तो अचम्म ! भीरमा चढेर विवाह प्रस्ताव (फोटोफिचर)

मनोरञ्जन मुख्य समाचार विषेश समाचार

काठमाडौँ, १९ भदौ, विवाहको प्रस्ताव कसरी राख्ने भन्ने आ–आफ्नै काइदा हुन्छन् । नेपालको सन्दर्भमा हेर्दा छाता, लौरो बोकेर कुटुम्बको घरमा जाने र छोरी माग्ने चलन थियो पहिले । पछिल्लो समय केटा–केटी मन परेर घर परिवारसँग प्रस्ताव राख्ने चलन पनि छ । परिवारको स्वीकृति नभएमा केटा र केटीको मञ्जुरीमा भागी विवाह गर्ने चलन पनि छ । तर विश्वका मान्छेका आ–आफ्नै काइदा हुन्छन् । यस्तै काइदाको काम गरेका छन् एक जोडीले । जसले उनीहरुलाई चर्चित बनाएको छ ।

ग्वाटेमालामा बत्तिस वर्षका पाब्लो क्याब्रेराले यस्तै एक अनौठो तरिकाले विवाह प्रस्ताव राखेका छन् । उनले सात महिनाको समयमा एउटा विवाहको प्रस्ताव समारोह तयार गरेका हुन् । उनले एउटा कुर्सीलाई भीरमा राखेर, विवाहको रङलाई प्रेमिकाले सबैभन्दा मन पराएको खाने कुरामा राखेका छन् । यो समारोहलाई विश्वले रोचकताका साथ हेरिरहेको छ । उनको यो तरिका चर्चामा आउनकै लागि हो कि !

क्याब्रेराले एउटा खेलकुदसम्बन्धी कम्पनी सञ्चालन गरेका छन् ।

Loading...