[ अनुसन्धानमूलक लेख ] राउटे जातिको लोकजीवन

मुख्य समाचार विचार

–मणिराम शर्मा
नेपाल चार जात छत्तिस वर्णको फूलबारी हो । राउटे जाति एक ऐतिहासिक सम्बन्ध स्थापना गर्ने घुमन्ते जाति हो जसले हाम्रो लोकजीवन लोक, संस्कार, लोकसाहित्य, लोकपरम्परा आदिले हराभरा बनाउन सहयोग गर्छ । यस जातिभित्र हुने गरेका विविध परम्पराले खोज अनुसन्धानको विषयलाई यो पङ्क्तिकारले अपरिहार्य माग ठानेको छ ।

वस्तुतः नेपाल राष्ट्रको वास्तविक स्वरूप नै जनजातिगत विविधतामा प्रतिबद्ध छ भन्दा अन्यथा हुँदैन । यथार्थमा राष्ट्र भन्नु नै यस प्रकारका जनजातिको सामूहिक स्वरूप हो, समष्टि हो भन्ने सत्यता प्राय: कसैबाट छिपेको छैन । त्यस हिसाबले नियालेर मनन गर्दा त यसो भन्नु पर्ने हुन्छ, यस राष्ट्रको सर्जकत्व (भौगोलिक संरचना) नै प्रमुख रूपमा मानवमितिशास्त्रअनुरूप मानवदर्शनको कारक सिद्ध भएको छ । राउटे एक स्वभावतः राष्ट्रनिर्माताको स्वीकारोक्ति नै यसको सूचक बनी आएको सत्यतथ्य सर्वविदित छ । त्यस उसले सदैव विविधताले परिपूर्ण सुन्दर फूलवारीका रूपमा यो राष्ट्र झकिझकाउ रहेको आनन्द अनुभव गरिन्छ । अपितु यस पर्वताश्रयिन् — हिमालय पादप्रदेश विशाल नेपालमा जातीय विविधताका पारावार प्रकीर्णहरू युगीन वरदान सिद्ध भएका छन् जसका महिमामण्डित सर्वाङ्गीण अध्ययनहरू दीर्घकालीन प्रयासले मात्र साकार हुन सक्लान् ।

वर्तमान अवस्थामा मात्र होइन पूर्वमध्यकाल तथा मध्यकालमा नै विविध प्रजातिगत घनि भूतता थियो भन्ने तथ्य दृष्टिगोचर हुन आउँछ । यससम्बन्धी आधारहरू प्रचुर मात्रामा उपलब्ध छन् । तिनले उत्तरोत्तर पुष्टि गर्दैछन् ।जस्तो लिच्छवि कालिक समाज, मल्ल कालिक समाजदेखि खस साम्राज्यका कतिपय माण्डलिक एवम् सामन्तशासित समाजका पुष्कल स्वरूपका सांस्कृतिक मानवशास्त्रसँग सम्बन्धित आलोकहरू अध्ययन मनन गर्दा यस्ता कुराको प्रत्यक्ष जानकारी पाउन सकिन्छ ।

नेपालेश्वर जयदेव द्धितीय, कश्मीरेश्वर ललितादित्य तथा सुर्वणभूमि केदारेश्वर ललितशुरका अष्टादश प्रकृति, नेपालेश्वर जयप्रकाश मल्ल, जावेश्वर अशधिराज जितारी मल्ल, अभय मल्ल, तथा कश्मीरेश्वर बाटिलादित्य आदिका छत्तीस प्रकृति इत्यादिका अध्ययन मनन गरिएका खण्डमा यस्ता बहुरङ्गी चित्रहरू दृष्गिोचर हुन आउँछन् । अझ पूर्वाेक्त नेपालेश्वर नयदेव द्धितीय र सुर्वणभूमि केदारेश्वर ललितसुरका स्पष्टोक्तिका अध्ययनले त स्पष्ट रूपमा राष्टनिर्माताका दिव्योपदेशभित्रका प्रत्येक उक्तिसँग निकट सामञ्जस्य राख्दछन् अर्थात् यसो भन्नु समीचीन छ जसरी राष्ट्रनिर्माताले स्पष्ट शब्दमा चार वर्ण छत्तिस जातजस्ता प्रतीकात्मक एवम् सारगर्भित उक्ति प्रकट गरी शास्त्रीय वर्णव्यवस्थामा आधृत समाजका मूल्य र मान्यताप्रति मधुर सङ्केत गर्दै लोकव्यवस्थामा आधृत असवर्ण समाजका भूमिपुत्र मानवप्रति अस्तित्व बोध गराएका छन् । यसरी सबर्ण समाज तथा असवर्ण समाजका मूल्य र मान्यताको राष्ट्रिय जनपदका दुई पक्षमा कदर गरी सार्वभौम गरिमासँग तुल्य ठानेका छन् । त्यसरी नै उभय नरेश्वरले पनि आ — आफना समयका अभिलेखहरूमार्फत् स्पष्ट शब्दमा ब्राह्मणप्रधान अस्टादश प्रकृतिय जस्ता सारगर्भित सूक्तिमय वाक्य उत्कीर्ण गराएर वर्णव्यवस्था र लोकव्यवस्थाको कानुनी आधार स्पष्ट गरेका छन् (कन्ट्रिब्युसन, भोलम १०, सङ्ख्या १ (२०३९—२०४०) ।

राष्ट्रिय आकांक्षा सदैव सर्वसत्ताका पक्षमा हुन्छ जसको एकाइ जातियता हो । त्यसलाई यादृच्छिकी व्याख्या गर्दा प्रजातिसत्ता भन्न आवश्यक छ । स्वभावतः राष्टलाई अरू समुन्नत राष्टका हाराहरीका उठाउने प्रमुख दायित्व प्रजातिसत्ताले वहन गरेको हुन्छ । प्रजातिसत्ता मर्यादित र सम्मानित नभएसम्म राष्ट्रले अपेक्षा गरेअनुकूल नागरिक अनुशासन उठ्न सक्दैन । नागरिक सुशासन पतनोन्मुख अर्थात् ह्रासोन्मुख भयो भने राष्ट्रको आँत खोक्रिन्छ । खोक्रो राष्ट्रले समुन्नतिको आशा गर्नु केवल मृगमरीचिका हुन जान्छ । त्यसैले राष्टिय आकाक्षा सर्वसत्ताको पक्षपाती हुनुपर्छ । वास्तवमा यो सार्वभौम मान्यता भएकाले पनि यसलाई होइन भन्न मिल्दैन किनभने जबसम्म प्रजातिक अस्मितामाथि पर्न आएका भ्रमको निवारण गरिदैन तबसम्म आशानुकूल उपलब्धि फलित हुँदैन ।

विस्तृत तलको लिंकमा हेर्नुहोस् :

Loading...