गजल – लीलाराज दाहाल

मुख्य समाचार साहित्य

सुराकी या चेला बुझ्नै सकिएन
झिम्क्याउँदा परेला बुझ्नै सकिएन ।

चारैतिर हल्ला के को हो के को हो ?
रातको छ बेला बुझ्नै सकिएन ।

बसी बसी खान्छ अनि उसकै हातमा
कसरी भो ठेला बुझ्नै सकिएन ।

घोडा जति देख्छु बाहिरै बाँधेको
खाली छ तबेला बुझ्नै सकिएन ।

एक्ली अबलाको चीर हरण हुँदा नि
चुपचाप छ यो मेला बुझ्नै सकिएन ।

बागमती ११, कर्मैया, सर्लाही

Loading...