तिम्ल्याहा डाक्टरका बाबु शिवप्रसादको छमछमी नचाउने तीजगीत (भिडियोसहित)

आजको म्यूजिक विषेश समाचार

काठमाडौँ, १४ भदौ, तिम्ल्याहा डाक्टर छोराका बाबु भनेर सर्वत्र चिनिएका गायक तथा संगीतकार शिवप्रसाद देवकोटाले ल्याएको छमछमी नचाउने तीजगीतले अहिले चर्चा पाइरहेको छ । गायक देवकोटाले ‘तीजको बरिलै…’ बोलको गीत बुधबार मात्रै युट्युवमार्फत सार्वजनिक गरेका थिए ।

युट्युवमा सार्वजनिक भएको यो गीतलाई हालसम्म ६३ हजार भन्दा बढीले हेरिसकेका छन् । छोटो समयमा गीतले लोकप्रियता कमाउँदै गएपछि गायक देवकोटा निक्कै उत्साहित बनेका छन् ।

यो रमाइलो तीजगीतमा शिवप्रसाद देवकोटालाई स्वरमा प्रेमा रानाले साथ दिएकी छिन् । यो गीतको शब्द, संगीत गायक देवकोटाकै रहेको छ ।
गीतको म्यूजिक भिडियो निर्देशन आशिक राईले गरेका छन् भने गीतमा कमल सिंह र सुनिता घिमिरेले नृत्य गरेका छन् ।

देवकोटा निक्कै रमाइला गीत निकाल्न माहिर छन् । उनका यसअघिका ‘रातीको १२ बजे…’, ‘न खुसी हुन सक्यौ…’, ‘आमै पकाइदेउन…’ जस्ता गीतहरुले निक्कै चर्चा कमाइसकेका छन् ।
हेर्नुहोस् उनको यो रमाइलो तीजगीतः

Loading...