[ अनुसन्धानमूलक लेख] डंगौरा थारूको सखिया नृत्यमा ‘पैँया’

मुख्य समाचार विचार विषेश समाचार

– कृष्णराज सर्वहारी

सखिया थारूहरूको दशैं तथा दीपावलीमा नाचिने नृत्य हो । दशैँ आउनु दुई साता अघिदेखि रातिको खानापछि सखिया गीत सिकाउने मोह्रिन्या (गुरुमा) को घरमा सखिया नाच्ने टोलीका सदस्यहरू गीत सिक्छन् । दशैँँ सुरु भएपछि दिन डुबेसँगै अर्थात् गोधुली साँझपछि गाउँको अगुवा (महटाँवा) को आँगनमा खास गरी एकैजसो पोशाकमा ठाँटिएर गाउँका थारू युवतीहरू जम्मा हुन्छन् । गाउँको घरसङ्ख्या अनुसार नर्तकीहरूको सङ्ख्या पनि बढी, थोरै हुने गर्छ । मादलेको आगमन भएपछि मादलको तालमा गीत गाउँदै हातको मुजुरा एक आपसमा ठोक्काउँदै नाच्छन् । यो आलेख सखियामा नाचिने मादलको ताल तथा पैँया (चरण)मा केन्द्रित रहेको छ ।

लेखक : कृष्णराज सर्वहारी

सखियामा मादलेहरू आफ्नो मादलमा झप्कनले सजाएर टोपी, गम्छा, कमिज, कछार लगाएका हुन्छन् । नर्तकीहरू सेतो रिवन, रातो झोवन्हा, रातै ब्लाउज तथा सेतो ठेठवा (लुँगी जस्तो पहिरन) एकै किसिमको पहिरन लगाएका हुन्छन् । ठेठवा अड्याउन कम्मरमा बाँधिने पेटी तथा खुट्टाको चप्पल भने फरक फरक हुन्छ ।

पैँया मूलतः गीतहीन सामूहिक नृत्य हो । तर केही गीति पैँया पनि पाइन्छ । त्यस्तो पैँयालाई गिडाहा पैँया भनिन्छ । कुनै कुनै पैँया गीत त श्रृङ्खलित आख्यानमा उनिएको हुँदा त्यस्ता पैँया गीतलाई लोकगाथाको कोटिमा पनि राखिएको छ । पैँया गीत अनेक बिषयबस्तुमा रचिएको पाइन्छ । यसमा रामायण, महाभारत तथा लौकिक जीवनका आख्यान पनि भेटिन्छन् । रावणसँग सम्बन्धित रौंनक पैँया पनि रहेको छ (दिवस र प्रधान (सं), २०६५ः २४४) । यसरी पैँया लाग्दा सखिया गीतकै प्रसङ्ग आउनु पर्छ भन्ने छैन ।

सखिया नृत्यमा ख्वाँट र पैँया
सखिया नाचमा मादलको ताल २२ ख्वाँट (चरण) हुने गरेकोमा सोही अनुसार पैँया पनि नाचिन्छ । ‘मोह्रिन्या’ मात्रै होइन, मादल बजाउन सिपालु मादलेहरू पनि हराउँदै गएकाले पैँयासँगै ख्वाँट पनि हराउँदै गएको छ ।
विस्तृत लेख तलको लिंकमा पढ्नुहोस् :
तस्विर: फायल/रासस