गायक तथा नाट्य धरोहर हरिप्रसाद रिमालको निधन

मनोरञ्जन

काठमाडौँ, १५ भदौ, गायक तथा नाट्य धरोहर हरिप्रसाद रिमालको निधन भएको छ । १९८२ असोज २ गते जन्मिएका रिमालको २०७५ भदौ १५ गते बिहान १ बजेर ७ मिनेटमा देहावशान भएको पारिवारिक स्रोतले जनाएको हो ।

रिमालले कतै तडकभडक नगरी सीधै आर्यघाट लगी अन्त्येष्टि गर्न जीवित रहँदै आग्रह गरे बमोजिम उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि शुक्रबार बिहान १० बजेसम्म उनकै निवास नयाँ बानेश्वर ह्वाइटहाउस कलेज अगाडि राखिने उनका सबैभन्दा नजिकका शिष्य एवम् चलचित्र निर्देशक–अभिनेता सम्राट सापकोटाले जानकारी दिएका छन् ।

रिमालले नेपाली चलचित्र ‘आमा’ सहित ‘सन्तान’, ‘मुकुन्द इन्दिरा’ लगायतका नाटकहरुमा पनि अभिनय गरेका छन् । उनका ‘फगत एक नजरमा कसैले लियो मन…’ लगायतका गीत सदाबहार चर्चित छन् ।

Loading...