शिवप्रसाद देवकोटाको रमाइलो तीज गीत ‘तीजको बरिलै…’ (भिडियोसहित)

मनोरञ्जन

काठमाडौँ, १४ भदौ, गायक तथा संगीतकार शिवप्रसाद देवकोटाले निक्कै रमाइलो तीजगीत सार्वजनिक गरेका छन् । ‘तीजको बरिलै…’ बोलको गीत बुधबार मात्रै युट्युवमार्फत सार्वजनिक गरेका हुन् ।

यो रमाइलो तीजगीतमा शिवप्रसाद देवकोटालाई स्वरमा प्रेमा रानाले साथ दिएकी छिन् । यो गीतको शब्द, संगीत गायक देवकोटाकै रहेको छ ।

यो गीतको म्यूजिक भिडियो पनि तयार भइसकेको छ । म्यूजिक भिडियोको निर्देशन आशिक राईले गरेका छन् भने गीतमा कमल सिंह र सुनिता घिमिरेले नृत्य गरेका छन् ।

युट्युवमा सार्वजनिक भएको २४ घण्टा नबित्दै २५ हजार भन्दा बढीले यो गीतलाई हेरिसकेका छन् । छोटो समयमा गीतले लोकप्रियता कमाउँदै गएपछि गायक देवकोटा निक्कै उत्साहित बनेका छन् ।

देवकोटा निक्कै रमाइला गीत निकाल्न माहिर छन् । उनका यसअघिका ‘रातीको १२ बजे…’, ‘न खुसी हुन सक्यौ…’, ‘आमै पकाइदेउन…’ जस्ता गीतहरुले निक्कै चर्चा कमाइसकेका छन् । गायक देवकोटा तिम्ल्याहा डाक्टर छोराका बाबुको रुपमा पनि सर्वत्र परिचित छन् ।

हेर्नुहोस् उनको यो रमाइलो तीजगीतः

Loading...