साहित्यकार भगवती ढुङ्गेलद्वारा लिखित उपन्यास ‘आधासत्य’ सार्वजनिक

साहित्य

विर्तामोड, (झापा), ३१ असार, साहित्यकार भगवती ढुङ्गेलद्वारा लिखित उपन्यास ‘आधासत्य’ झापामा सार्वजनिक गरिएको छ । राजधानीमा केही साता अघि लोकार्पण गरिएको उक्त उपन्यासको शनिबार विर्तामोडमा पनि पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।

लेट्स रन नेपालका अध्यक्ष पवन शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकार तथा ‘आधासत्य’ उपन्यासकी लेखक भगवती ढुङ्गेलसहित शनिश्चरे ट्राफिक प्रहरी कार्यालयका पूर्व प्रमुख जनक खड्का, लेखक संघ झापाका अध्यक्ष कुमार भट्टराई, पत्रकार दिपिन राई लगायतको आतिथ्य रहेको थियो ।

लेखक ढुङ्गेलले प्रेम मिलन र विछोड केही सत्य केही विश्वास र केही नाटक मात्र मञ्चन भएको जीवनको तितो यथार्थलाई उपन्यास समेटिएको बताइन् । उपन्यासमा चार जना मुख्य पात्र रहेको बताइएको छ । यस उपन्यासले वर्तमान अवस्थामा एउटा छोरी चेलीले भोग्नु परेको दर्दनाक अवस्थालाई चित्रण गर्ने प्रयास गरिएको उनी बताउँछिन् ।

प्रेममा आधारित उपन्यास ‘आधासत्य’ आजको पुस्तालाई समेटेर लेखिएको छ । उक्त पुस्तक जन्म दिने आमा सत्य हो, अरु सबै विश्वास पात्रमात्र हो भनेर विश्लेषण गर्न खोजिएको ढुङ्गेलले बताइन् ।

पुस्तक बिक्रीबाट आएको रकम अनाथ तथा अपाङ्गता भएका बालबालिकालाई सहयोग गर्ने समेत प्रतिबद्धता जनाएकी छिन् ।

Loading...