इलाममा पहिलो पटक विमान

पर्यटन

इलाम, २१ जेठ, इलाममा पहिलो पटक विमान पुगेको छ । नवनिर्मित फाल्गुनानन्द विमान स्थलको निर्माण सम्पन्न भएसँगै पहिलो पटक परीक्षणको रुपमा तारा एयरको विमान अवतरण गरेको हो ।

विमानको पहिलो परीक्षण सफल भएको पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारीले बताए ।

पहिले सुकिलुम्बा नामाकरण गरिएको यो विमानस्थललाई किराती धर्मगुरु फाल्गुनानन्दको नाममा परिवर्तन गरिएको हो । इलाम नगरपालिकाको भन्ज्याङ नजिकै रहेको विमानस्थलले इलाम सहित पाँचथर, ताप्लेजुंग र तेह्रथुमका स्थानीयलाई आवतजावतमा सहज हुने भएको छ ।

Loading...