डुङ्गा पल्टिँदा १७ जनाको निधन

विश्व

काठमाडौँ, १० वैशाख, दक्षिणी चीनमा एक ड्रागन डुङ्गा पल्टिँदा १७ जनाको निधन भएको छ । सो डुङ्गामा ६० जना सवार भएको बताइएको छ । गुइलिन शहरको एक नदीमा शनिबार भएको सो दुर्घटनामा परेका अन्यको उद्दार गरिएको छ ।
सिन्ह्वा न्यूज एजेन्सीले जनाएअनुसार सानो र लामो डुङ्गामा धेरै मान्छे सवार भएकै कारण सो दुर्घटना भएको हो । सवार अधिकांशले लाइफ ज्याकेट नलगाएकोले धेरैको हताहती भएको बताइएको छ ।

प्रहरीलाई सूचना नदिई अभ्यास खेल खेलाइएकोले पनि धेरैको ज्यान गएको बताइन्छ । जहाँ पौडन नजान्नेको संख्या ठूलो थियो ।
डुङ्गाका दुई सञ्चालकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । ड्रागनजस्तो देखिने डुङ्गा दौड समुन्द्रसँग जोडिएका एशियाका धेरै देशको मुख्य खेल मानिन्छ ।