प्रदेश ४ का मुख्यमन्त्री गुरुङले दुई बालबालिकाको अभिभावकत्व ग्रहण गरे

प्रदेश

पोखरा, २ वैशाख, (रासस), प्रदेश नं. ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज दुई बालबालिकाको अभिभावकत्व ग्रहण गरेका छन् । उनले पोखरा लेखनाथ महानगरपालिका वडा नं.– ७ मासबारस्थित श्रीकृष्ण माविमा नर्सरी कक्षाका ५ वर्षीय शिला जिरेल र अभिषेक नेपालीको अभिभावकत्व ग्रहण गर्दै उनीहरुलाई भर्ना गराए ।

भर्ना गरिएका विद्यार्थीमध्ये जिरेलका अभिभावक दोलखामा भूकम्पले घर भत्किएपछि हाल पोखरामा मजदूरी गर्दै आएको र नेपालीका बुबा दीर्घरोगी र आमाले मजदूरी गरी परिवारको गर्जो टार्दै आएकी छन् ।

राष्ट्रिय भर्ना अभियान, २०७५ को आज यहाँ शुभारम्भ गर्दै गुरुङले बेरोजगारी समस्या समाधान गर्न गुणस्तरीय शिक्षा अपरिहार्य भएकामा जोड दिए ।

Loading...