गाउँपालिका कार्यालयमा बम विस्फोट

प्रदेश

इलाम, २ वैशाख, इलाम जिल्लाको चुलाचुली गाउँपालिका कार्यालयमा गएराति बम विस्फोट भएको छ । कार्यालय भवनमा अज्ञात समूहले प्रेसरकुकर बम विस्फोट गराएको हो ।

कार्यालयको सभाहलमा प्रेसरकुकर बम विस्फोट गराएपछि सभाहलको निर्माणाधीन माथिल्लो तलामा क्षति पुगेको कार्यकारी अधिकृत छवि खतिवडाले जानकारी दिए । सभाहलको आठ वटा झ्यालका सिसा फुटेका छन् भने आल्मुनियमको सिलिङमा पूर्णरुपमा क्षति पुगेको खतिवडाले बताए ।

घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले बताएको छ ।

Loading...